तपाईँ सुन्दै हुनुहुन्छः

महालेखापरीक्षकको कार्यालयका दुई उप-महालेखापरीक्षक अनिवार्य अवकाश

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयका उप-महालेखापरीक्षक एवं नेपाल सरकारका सचिव ईश्वर नेपाल र बाबुराम गौतमले अनिवार्य अवकाश लिनु भएको छ । लेखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका नेपाल ४९ वर्षकै उमेरमा सेवानिबृत हुनुभएको हो ।

निजामती क्षेत्रमा इमानदार कर्मचारीको पहिचान बनाउन सफल उप-महालेखापरीक्षक नेपाललाई कर्मचारीलगायतले सम्मानसहित बिदाइ गरेका छन् ।संखुवासभामा जन्मिनुभएका नेपाल २०५४ सालमा लेखाअधिकृत बाट निजामती सेवा प्रबेश गर्नुभएको हो । उहाँले बिभिन्न पदक तथा आभूषण प्राप्त गर्नु भएको छ ।

निजामतीमा अनेकन् विकृति र विसङ्गतिको चर्चा परिचर्चा भइरहँदा समयको पालना, नियमितता, शुद्ध नैतिक आचरण, सरलता, सादगी प्रशासकका रूपमा चिनिएका नेपाल नेपालको निजामती प्रशासनका उदाहरणीय व्यक्तित्व भएको उनका समकालीनहरू बताउँछन् ।
लामो समय बिताएको पेसाबाट अलग हुँदा संवेगात्मक बनेको भन्दै उहाँले नीति तहसम्म रही राषट्रसेवा गर्ने अवसर पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउनुहुन्छ।

उहाले अवकाश जीवन पछि सार्वजनिक क्षेत्रमै क्रियाशील रहने र आम मानिसकै रूपमा चर्चाभन्दा पर रहेर काम गर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button