तपाईँ सुन्दै हुनुहुन्छः

बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री देउवा कैलालीमा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलालीको बाढी र डुबान प्रभावित क्षेत्रको अवलोकन निरीक्षण गर्नु हुने भएको छ ।

प्रधानमन्त्री देउवाले बाढी प्रभावित कैलालीको दक्षिण पूर्वी क्षेत्र र बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीकाे टोलीसँगै रहनु भएका पूर्व मन्त्री एव नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले बत्ताउनुभयो ।

प्रधानमन्त्री देउवाले हिजो डोटी, बैतडी, बझाङ, डडेल्धुरा, कञ्चनपुर जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो। प्रधानमन्त्री देउवा यति वेला धनगढीमा रहनु भएको छ ।यसैबिच प्रधानमन्त्री देउवासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले भेटघाट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button