तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

दिउसो २ बजे च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । आजको बैठकमा पनि १० औं महाधिवेशनकलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि गरिनु पर्ने तयारीका बारेमा सदस्यहरुको राय लिने कार्यसुची छ ।

हिजोको बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसैगरी स्थायी समिती सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मुल व्यवस्थापन आयोजक समिती समेत गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button