२०७८ साल मंसिर १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

एमाले दशौँ महाधिवेशन चितवनमा हुने

कल्पना दाहाल २०७८ कार्तिक ४ गते १९:२२
फाइल तस्बिर

  

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले एमालेको दशौँ महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो । 

महाधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय व्यवस्थापन कमिटी समेत गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

बैठकले हालै सम्पन्न विधान महाधिवेशनको समीक्षा, वडा तथा पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । 

बैठकले, अविरल वर्षाका कारण भएको जनधनको क्षति, राहत तथा पुनस्थापना गर्न सरकारलाई आव्हान गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । 

सम्बन्धित