तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावितको स्थलगत अवलोकनपछि प्रधानमन्त्री धनगढीमा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित विभिन्न जिल्लाको स्थलगत अवलोकन गर्नु भएको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी अहिले प्रधानमन्त्री देउवा धनगढी आइपुग्नु भएको छ ।

प्रधानमन्त्री देउवा आज दिनभर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा व्यस्त रहनु भयो । प्रधानमन्त्री देउवाले डोटीको दिपायल, बझाङ्गको थलारा, सदरमुकाम चैनपुर, बैतडीको ढुङ्गाड, डडेलधुरा र कंंचनपुरको महाकाली क्षेत्रको अवलोकन गर्नु भएको छ । 

This image has an empty alt attribute; its file name is IMG_20211021_181145-763x1024.jpg

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य लगायतका विषयमा जानकारी लिनु भएको थियो ।

प्रधानमन्त्रीसँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलगायत रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button