तपाईँ सुन्दै हुनुहुन्छः

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । यही कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई  भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने भएको छ । 

छ महिनादेखि ५ वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button