तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा धनगढी आउनुहुँदै, सुरक्षा व्यवस्था कडा

धनगढी  । प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउन लाग्नुभएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित जिल्लाहरूको स्थलगत अवलोकन निरीक्षणका क्रममा प्रधानमन्त्री देउवा कैलालीमा आउन लाग्नुभएको हो । 

प्रधानमन्त्रीको आवागमनलाई लक्षित गरी धनगढीसहित आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । 

यति वेला धनगढी बजारदेखि चोक(चोकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको देखिन्छ ।

प्रधानमन्त्री देउवा पहाडी जिल्लाहरू डोटी, बझाङ, बैतडी, डडेलधुराको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी अहिले कञ्चनपुरको  को महेन्द्रनगरमा रहनुभएको छ । उहाँ केहिबेरपछि धनगढी पुग्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button