तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैङ्कको निर्देशनपछि ब्याजदर संशोधन

file photo

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका छन् । 

दशैंलगत्तै बैङ्कहरूले जथाभाबी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैङ्कले कडाइ गर्दै अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर बढाउन निर्देशन दिएपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका हुन् । 

संशोधन पश्चात् अधिकांश बैङ्कहरूले अधिकतम ब्याजदर ९ दशमलव ३६ प्रतिशत कायम गरेका छन् । मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशत ब्याज दिने घोषणा गरेको हिमालयन बैङ्कले ब्याजदर संशोधन गरी ९ दशमलव ३६ प्रतिशतमा झारेको छ ।

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्कहरूले कात्तिक ३ गते नै आफ्नो वेबसाइटमा संशोधित ब्याजदर समेत प्रकाशित गरेका छन् । 

राष्ट्र बैङ्कको निर्देशनपछि यसअघि सार्वजनिक भएको अधिकतममा ११ दशमलव ६७ प्रतिशतसम्मको ब्याजदर संशोधितपछि अधिकतम ब्याजदर ९ दशमलव ४१ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button