तपाईँ सुन्दै हुनुहुन्छः

ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाख दिने

सुनसरी । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधवार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो ।

प्रदेश १ विपद् व्यवस्थापन समितिले स्थानीय तहहरूसँगको समन्वयमा सरकारका सबै संयन्त्र परिचालित हुने गरी सबै बाधा अवरोध हटाउन समेत निर्देशन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button