तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई प्रदेश सरकारले राहतको व्यवस्था गर्छ : मन्त्री हमाल

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बेमौसमी वर्षाले किसानको धानबालीमा पुर्‍याएको क्षतिको लागि लुम्बिनी प्रदेश सरकारले राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेश कमिटीले आज नेपालगञ्जमा मन्त्री  हमाललाई स्वागत र बधाई ज्ञापन गर्न आयोजना गरेको कार्यक्रममा उहाँले आफूले मुख्यमन्त्रीसँग कुरा गरेको बताउँदै पीडा खेपिरहेका किसानलाई राहत दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री हमालले परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने भन्दै खेलकुद अगाडि बढाउन विज्ञानको सहारा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, शारीरिक बनोट र पारिवारिक वंशाणुगत गुणको आधारमा खेलकुदमा लाग्न नयाँ पिँढीलाई प्रेरित गर्नुपर्दछ  ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेश कमिटीका संयोजक नरेन्द्र थापाको सभापतित्वमा भएको स्वागत, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, ओलम्पियन पार्वती थापा लगायत खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता, पत्रकार सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button