तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने क्रममा एकको मृत्यु

बीरगंज । करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो पर्सागढीमा एक युवकको मृत्यु भएको छ । 

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षीय प्रेम बहादुर श्रेष्ठको खोलामा विद्युत् हुक गरी माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएको र उपचारको क्रममा आज दिउँसो १ बजे नारायणी बयोधा अस्पताल वीरगंजमा मृत्यु भएको बयोधा अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button