तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोले पुर्‍याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा बझाङ आउँदै

 बझाङ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्न आज  बझाङ आउनुहुने भएको छ । लगातारको वर्षाका कारण बझाङमा ठुलो मानवीय तथा धनजनको क्षति भयको छ ।

प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका – ४ डिख्ला र सदरमुकाम चैनपुरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा सँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहने छन् ।

प्रधानमन्त्री देउवाले बझाङको बाढी पहिरो प्रभावित क्षेत्र थलारा गाउँपालिकाको डिक्ला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । प्रधानमन्त्री आउने भय पछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button