तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा गरी प्रसाद ग्रहण

भक्तपुर । बडा दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा जानुभई नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ । 

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो ।

हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रपति नवदुर्गा मन्दिर सरिक भई नवदुर्गाको पूजा गरी प्रसाद ग्रहण गरेसँगै दसैँ समापन हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button