तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले डाक्यो स्थायी कमिटी बैठक

file photo

काठमाडौँ । नेकपा (एमाले)ले भोलि बहिबार स्थायी कमिटी बैठक डाकेको छ । 

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ । 

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय  तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button