तपाईँ सुन्दै हुनुहुन्छः

थलारा पहिरोमा २३ जना बेपत्ता

बझाङ । बझाङको थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मङ्गलवार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका  छन् भने ७ घर पुरिएका छन् । 

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् । 

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका शान्ति मा.वि पारा काट्नेका शिक्षक मदन बहादुर साउदले बताउनुभयो । 

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सम्पर्कका लागि कठिन भइरहेको छ । 

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नभएकाले समयमै खबर पाउन नसक्दा उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख डिएसपी रूपक खड्काले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button