२०७८ साल मंसिर २३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

बीमा समिति र रेडियो नेपालबीच सम्झौता

रेडियो नेपाल २०७८ कार्तिक २ गते १३:१५

काठमाडौँ । बीमा समितिद्वारा तयार गरिएका बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने भएको छ ।

त्यस सम्बन्धी सम्झौता पत्रमा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बिमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल तथा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्री उपस्थित हुनुहुन्थ्यो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ देशव्यापी रूपमा सञ्चालन गर्न जोड दिनुभए अनुसार अनलाइन सञ्चार माध्यमबाट समेत बीमासम्बन्धी चेतनामूलक सामग्रीहरूको प्रकाशन सुरु गर्न लागिएको बिमा समितिले जनाएको छ ।

No description available.

सरकारले बीमाको दायर विस्तार गर्दै चालू आर्थिक वर्षमा देशको कूल जनसङ्ख्याको एक तिहाइलाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेको छ ।

सरकारको सोही लक्ष्यलाई ध्यानमा राखी बीमाको पहुँच बढाउँदै देशका विभिन्न भागमा बसोबास गर्ने विपन्न, न्यून आय भएका तथा जोखिमयुक्त वर्गलाई समेत बिमाको दायरामा ल्याउन प्रतिबद्ध रहेको समितिले जनाएको छ ।

देशमा हाल १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

सम्बन्धित