तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरबाट लागु औषधसहित एक जना पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ गम्हरगाँवा बस्ने बर्ष २० का विशाल चौधरी रहेका छन् ।

विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले बकुलिया गाउँबाट ना ६५ प १६५० नं.को मोटरसाइकलबाट जितपुर बजारतर्फ जान लागेको अवस्थामा उनले बोकेको १० किलो पिठोको झोलाभित्र लुकाई राखेको लागु औषध नाईट्रोभेट बरामद भएको इलाका प्रहरी कार्यालय सिमरा, बाराले जनाएको छ ।

बरामद लागु औषधमा २४ वटा पत्तामा ३ सय ६० पिस नाईट्रोभेट ट्याब्लेट रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । 

पक्राउ परेका चौधरी लागु औषधको प्रयोगकर्ता भएको र नाईट्रोभेट बिक्री वितरण गर्ने उद्देश्यले जीतपुर बजारतर्फ जान लागेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो । 

चौधरीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button