तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय, बैतडीले आग्रह गरेको छ ।

मौसम विज्ञान विभागका अनुसार हिजो साँझदेखि सुरु भएको वर्षा अझै २ दिनसम्म जारी रहने भएकाले नदीमा पानीको बहाव बढेर बैतडीको महाकाली तटीय क्षेत्रका दशरथ चन्द नगरपालिकाका, शिवनाथ, डिलाशैनी गाउँपालिकाको केही भू–भाग साथै दोगडाकेदार र पञ्चेश्वर गाउँपालिका आसपासका क्षेत्रमा उच्च जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button