२०७८ साल मंसिर १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ जोड्ने जय पृथ्वी राजमार्ग अवरुद्ध

सत्यराज सिंह २०७८ कार्तिक १ गते १९:००

बझाङ । हिजो साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका वडा नं १ नारु गौडामा आएको बाढी र सडक माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको हो । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण नारु गौडामा पानीको बहाव नघटेकाले काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनुभयो । 

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडी लगायतका स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् ।

सम्बन्धित