तपाईँ सुन्दै हुनुहुन्छः

पछिल्लो २४ घण्टामा थप ५ सय ९१ सङ्क्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ सय ९१ कोरोनाका संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८ सय ७४ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा ९ सय ३७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ८२ हजार ३९३ सङ्क्रमित निको भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ । 

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । यो सँगै अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button