तपाईँ सुन्दै हुनुहुन्छः

चोरी भएका मोटरसाइकल पर्सा प्रहरीले बरामद गरी सवारी धनीलाई बुझायो

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार साँझ वीरगंजबाट चोरी भएका दुई वटा मोटरसाइकल बरामद गरी आज सम्बन्धित सवारी धनीलाई बुझाएको छ । 

वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट पार्किङ गरिराखिएको बा.९९ प १८०९ कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाइकल र वीरगञ्ज महानगरपालिका वडा नं.८ लिंकरोडबाट बा.९६ प २१११ नम्बरको कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाइकल आइतबार साँझ हराएकोमा प्रहरीले दुवै मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क नजिकैबाट बेवारिसे अवस्थामा फेला पारी आज सम्बन्धित सवारी धनीलाई  जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । 

यसअघि प्रहरीले दसैँको समयमा चोरी भएका तीन वटा मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई बुझाएको र मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button