तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

चितवन ।  नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । 

अन्दाजी ५५ वर्षका पुरुष गैँडाकोटतर्फ हिँडेर आएको र पुलको बीच बिन्दुबाट हाम फालेर बेपत्ता भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । 

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले बिहान ९ बजेर ५० मिनेटको समयमा ती पुरुष हाम फालेर बेपत्ता भएको बताउनुभयो  । 

“बिहान स्थानीय र मोटर बोट वाला र गैँडाकोटका एक स्थानीयले खबर गरे, उहाँले भन्नुभयो,  हामीले तत्काल राफ्टबाट उद्धार गर्न लाग्यौँ तर फेला परेन ।”

पानीको बहाव आइतबारबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धार कार्य जारी भए पनि फेला नपरेको विष्टले बताउनुभयो ।

उहाँले पुलमाथि टोपी, गञ्जी र २ हजार तीन सय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको उहाँले जानकारी दिनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button