तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय तारबारमा परेर झापामा एक महिलाको मृत्यु

झापा । झापाको भद्रपुरमा जङ्गली हात्ती नियन्त्रणका लागि लगाइएको अत्याधुनिक विद्युतीय तारबार सोलार फेन्सिङमा परेर एक जना महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज भद्रपुरकी एक ५४ वर्षीया महिलाको हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार भद्रपुर-१० केन्द्रमोड बस्ने कल्पना राई पौरियाको ज्यान गएको हो । 

आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन पुग्दा करेन्ट लागेर राईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

सरकारी अधिकारीहरूको भनाई अनुसार जङ्गली हात्तीबाट हुने धनजनको क्षति नियन्त्रण र रोकथामका लागि भनेर जिल्लाका विभिन्न स्थानमा निर्माण गरेको अत्याधुनिक विद्युतीय तारवार सोलार फेन्सिङमा परेर झापामा यसअघि धेरैले ज्यान गुमाइसकेका छन् भने विद्युतीय तारमा परेर हात्ती समेत मर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button