२०७८ साल मंसिर २३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

जगत् साउद २०७८ कार्तिक १ गते १४:०१

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

आज कोरोना संक्रमित कैलालीका ६० वर्षीय पुरुष र कञ्चनपुरका ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । 

योसँगै हालसम्म सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २ सय २ पुगेको छ । 

यसैगरी सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ६५ जनाको पिसिआर जाँच गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

हाल अस्पतालमा ७ जना सङ्क्रमितको उपचार भइरहेको छ । 

सम्बन्धित