तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा शुरू

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक विहानदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसिरहेको छ ।
समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी महाधिवेसनलगायतको विषयमा केन्द्रीत रहेर बैठक बसेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताउनुभयो ।

साे पार्टीकाे कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । साे पार्टीले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेकाे छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button