तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानको अनुदान तथा सहुलियत टाठावाठाले पाउनु दुःखद’

जनकपुरधाम । कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादवले किसानका लागि राज्यले प्रदान गरेको सेवा तथा सुविधाहरू केही टाठा बाठाले मात्र पाउनु दुःखद भएको बताउनुभएको छ ।  

मन्त्री रायले मत्स्य मानव संसाधन विकास तथा प्रविधि प्रशिक्षण केन्द्र जनकपुरधामको आज निरीक्षण गर्नुहुँदै यस्तै कारणले कृषिको उत्पादन तथा किसानको जीवन स्तर माथि उठ्न नसकेको बताउँदै अव यस्तो हुन नदिने बताउनुभयो ।

उहाँले राज्यले प्रदान गर्ने कृषि क्षेत्रको अनुदान तथा सहुलियत वास्तविक किसानको हातमा पुग्न जरुरी रहेको बताउनुभयो । 

मन्त्री यादवले नेपाल सरकारले कृषि क्षेत्रको विकासका लागि प्रदान गरेको बजेट तथा कार्यक्रम पारदर्शी रुपमा सञ्चालन गर्नका लागि कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

मत्स्य मानव संसाधन विकास तथा प्रविधि प्रशिक्षण केन्द्र जनकपुरधामका प्रमुख रविलाल शर्मा, प्रदेश नंं २ को पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रदेश समन्वय प्रमुख युगल किशोर तिवारीले विभिन्न विषयमा कृषि मन्त्री रायलाई जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button