तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटना हुँदा ३५ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखु पाखरबाट काठमाडौँ आउँदै गरेको बा २ ख ३२६४ नम्बरको रिजर्भ बस लामो साँघु जिरी सडक खण्डको ६ किलो नजिक दुर्घटना भएको छ । 

दुर्घटनामा परि ३५ जना घाइते भएका छन् । दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रेमा रिफर गरिएको छ । अन्य घाइतेहरूको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको र अवस्था  सामान्य रहेको प्रहरीले जनाएको छ । 

काठमाडौँ–धुलिखेल रुटमा सञ्चालन हुने यात्रुवाहक बस ब्रेक फेलका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button