तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रसरोवरमा सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो


मकवानपुर । मकवानपुरको इन्द्रसरोबर-२ मा शनिवार भएको सुमो दुर्घटनामा मृत्यु हुने र घाइतेहरूको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौँ महानगरपालिका-१६ गोदाबारीका ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोविन्दपुरका ४५ वर्षीय रामसनही राम रहेका छन् । 

दुबैलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा सुमोमा सवार काठमाडौँ चन्द्रगिरी नगरपालिका(९ कि २४ बर्षीया सिमा अधिकारी, मनमैजु नगरपालिका(१७ का २० बर्षीया सबु श्रेष्ठ, मकवानपुर हेटौडा-१६ की ३८ बर्षीया सरस्वती पोख्रेल र ४१ वर्षीय राजकुमार तिवारी रहेका छन् । उनीहरूको काठमाडौँ स्थित स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै सुमो चालक बारा जितपुर सिमरा-१९ का २५ वर्षीय पुरान अलि, भारत घर बताउने ४० वर्षीय कमलेश पाण्डे, पर्सा बिरगंज-१८ का २० वर्षीय बलिश्वर कुमार साह, काठमाण्डौं-१६ की  कमला श्रेष्ठको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

काठमाण्डौंबाट बिरगंजतर्फ आउँदै गरेको ना १ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button