तपाईँ सुन्दै हुनुहुन्छः

थप १ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७३ नमुना परीक्षण गर्दा १ सय ४७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । 

योसँगै ७ लाख ८० हजार ७ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । निको हुने दर ९७.०३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा १ जनाको मृत्यु भएसँगै नेपालका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ७८ पुगेको छ । 

हाल देशभर १२ हजार ५ सय ९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button