तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ एकता र भ्रातृत्व विकासको अवसर : मुख्यमन्त्री शाही

file photo

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताउनुभएको छ । 

विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको  नेपाली समाजमा दसैँलगायतका चाडपर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भन्नुभयो ।  

परम्परागत प्रचलनका नाममा चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदानप्रदान र सामाजिक एकता एवं भ्रातृत्व विकासको अवसरका रुपमा मनाउन आग्रह गरिएको  मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button