तपाईँ सुन्दै हुनुहुन्छः

‘चाडपर्वले सम्बन्ध सुधार एवं सकारात्मक सोच प्रवाहका लागि अवसर साबित हुने विश्वास’

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले दसैँ, तिहार, छठ लगायतका राष्ट्रिय पर्वहरू र नेपाल संवत् ११४२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख सापकोटाले शुभकामना सन्देशमा हामीले मनाउने चाडपर्वहरूले मौलिक नेपाली संस्कृति एवं नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक विशेषता र विविधताहरूको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरूले हामी बीचको एकता, आपसी हित, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै आएको बताउनुभएको छ ।

सभामुख सापकोटाले हाम्रा चाडपर्वहरू सम्बन्ध सुधार एवं सकारात्मक सोच प्रवाहका लागि अवसर साबित हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button