तपाईँ सुन्दै हुनुहुन्छः

नर्वेमा तीर आक्रमण, पाँच जनाको मृत्यु

ओस्लो । नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधवार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनका साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ । 

स्थानीय समयानुसार बुधवार साँझ ६ः१३ बजे उक्त आक्रमण भएको बताइएको छ । 

सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिस नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।

डेनिस नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ । के  कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

हताहत भएकाहरूका केही सुपर मार्केटमा फेला परेका थिए । जसमध्ये ड्युटीमा नरहेका एक जना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गर्नुभएको छ ।  यो कार्य आतङ्कवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ । 

घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्,’ तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ’ भन्नुभएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button