२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय फुटबल लिग हुने

रमेश टमट्टा २०७८ असोज २८ गते १६:३१

काठमाडौँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा आगामी मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय फुटबल लिग हुने भएको छ ।

‘पारस्परिक सद्भाव शैक्षिक विकास, लैङ्गिक समानता एवम् स्वास्थ्यका लागी खेल’ भन्ने मूल नाराका साथ हुन लागेको लिगमा छात्रतर्फ ३२ र छात्रातर्फ ३२ गरी कुल ६४ टिम सहभागी हुने फुटबल लिगका संयोजक प्रमोद मल्लले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

नव बालबाटिका विद्या मन्दिरले आयोजना गरेको बाल बाटिका फुटबल लिग २०७८ मा कक्षा १० सम्म अध्ययनरत छात्र/छात्रा बिद्यार्थीहरुको सहभागिता हुने लिगका संयोजक मल्लले बताउनुभयो ।

विद्यालय स्तरबाटै देशका लागि सबल, सक्षम, सृजनशील र अनुशासित उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्नको लागि फुटबल लिग आयोजना गरिएको फुटबल लिगका संयोजक एवं नव बाल बाटिका विद्यालयका संस्थापक प्रिन्सिपल मल्लले जानकारी दिनुभएको छ । 

यसअघि दुई संस्करणको प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना सफलता पूर्वक सम्पन्न गरिसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने छात्र र छात्रा दुवै टिमले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार र द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । 

सम्बन्धित