तपाईँ सुन्दै हुनुहुन्छः

‘भगवतीपानी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन आवश्यक’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक भगवतीपानी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन गुरुयोजना आवश्यक रहेको बताउनुभएको छ । 

तनहुँको व्यास नगरपालिका–११ स्थित भगवतीपानी मन्दिरको अवलोकनको क्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

“भगवतीपानीको विकासका लागि छिटो गुरुयोजना बनाउनुस् ।’ मन्त्री श्रेष्ठले भन्नुभयो ’बजेट विनियोजन र अध्ययन अनुसन्धान लागि म सम्बन्धित मान्छे पठाउँछु ।” 

गत वर्षदेखि भगवतीपानी मन्दिर दर्शन गर्न आउन थालेको मन्त्री श्रेष्ठले बताउनुभयो । 

सो मन्दिर तीन सय वर्ष पुरानो भएको मन्दिरमा भाकल गरेपछि मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको भगवतीपानी देवस्थल संरक्षण समितिका सचिव श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सोही क्रममा सचिव श्रेष्ठले मन्दिर पुनर्निर्माणका लागि बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो ।

rbt

यसैगरी मन्त्री श्रेष्ठले आज जिल्लाको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरको पनि दर्शन गर्नुभएको थियो । कालिका मन्दिरमा थप पूर्वाधार बनाउन सहयोग गर्ने समेत उहाँले सो क्रममा बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button