२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा चाडपर्वलाई लक्षित गरेर १ हजार २७ जना प्रहरी परिचालन

अशिष कुमार यादव २०७८ असोज २७ गते १८:१९

सुनसरी । सुनसरीमा चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले १ हजार २७ जना प्रहरी परिचालन गरिएको छ । 
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार सादा पोसाक, पिकेट टोली, पैदल गस्ती, चेकिङ, राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन, धार्मिक क्षेत्रको सुरक्षा र व्यवस्थापन, यातायात सुरक्षा र व्यवस्था र विभिन्न सरकारी कार्यालयको सुरक्षा गरी जिल्लाभर १ हजार २७ जना प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले सीमामा हुने चोरी–तस्करीमा कडाइ गर्दै शहरमा हुनसक्ने अवाञ्छित गतिविधिको विशेष सुरक्षा निगरानी बढाउने योजना अगाडी सारेको आपराधिक क्रियाकलापहरू जुवा तास खेल्ने खेलाउने, चोरी, पाकेटमारी, डकैती/लुटपाट, कालोबजारी, सवारी दुर्घटना, हातहतियार, लागुऔषध, आतिसबाजी ओसारपसार, मादक पदार्थ सेवन गरेर हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्ने सुरक्षा योजना अगाडी सारिएको हो ।

सुनसरी प्रहरीले धार्मिक स्थलहरू, बजार एरिया बसपार्क, सरकारी कार्यालयहरू, निजी घर (निवासहरू, सुनचाँदी पसल, आर्थिक कारोबार हुने क्षेत्र एटिएम स्टेशन, सपिङ सेन्टर, महत्त्वपूर्ण प्रतिष्ठानहरू, राजमार्ग, सीमा क्षेत्र, भिभिआइपी र भिआइपी निवासमा विशेष निगरानी बढाउन प्रहरी परिचालन गरिएको छ । 
चाडपर्वको बेलामा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि प्रहरी परिचालन गरिएको हो । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि नागरिकसँग समेत सहयोग लिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनु भयो ।  

सम्बन्धित