तपाईँ सुन्दै हुनुहुन्छः

केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जाँदै

केन्याका राष्ट्रपति युहुरु केन्याता अमेरिका भ्रमणमा जानुहुने भएको छ । उहाँलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्नुहुने कार्यक्रम रहेको जानकारी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले  दिनुभयो ।

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्विपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताउनुभयो । यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्विपक्षीय हितका विषयमा उहाँहरूले कुराकानी गर्नुहुने बताइएको छ । 

त्यसै गरी उहाँहरूका बीचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरू अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको प्रेस सेक्रेटरी पास्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button