२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटको मत्सरीका दुर्गा मन्दिर भक्तजनको आस्थाको केन्द्र बन्दै

अजय कुमार झा २०७८ असोज २७ गते १४:५७

जनकपुरधाम । प्रदेश नंं २ को रौतहट जिल्लाको दुर्गा भगवती गाउँ पालिकाको वडा नंं ३ मत्सरीमा रहेको प्राचीन दुर्गा मन्दिर श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्र बन्दै गएको छ । 

मैथिली बाहुनहरूको बाक्लो वस्ति रहेको सो मन्दिर जति भव्य एवं आकर्षक रहेको छ त्यति नै विधि विधान अनुसार सो ठाउँमा माता दुर्गाको पूजा आराधना गर्ने परम्परा रहेको छ । एक सय वर्ष भन्दा लामो इतिहास बोकेको प्राचीन दुर्गा मन्दिर बागमतीले कटान गरेपछि स्थानीयवासीले चन्दा सङ्कलन गरेर आधुनिक तथा भव्य मन्दिरको निर्माण गरेका छन् । 

मन्दिर परिसरमा यज्ञशाला, हनुमान मन्दिर, ग्रामदेवताको मन्दिर, महादेव मन्दिर, पण्डित, पूँजारीका लागि पाठशाला तथा धर्मशाला रहेको छ । घटस्थापना देखि शुरु हुने विशेष पुँजामा निक्कै विधि विधान पूर्वक पूजा आराधनाको आयोजना गरिन्छ । पूजालाई भव्य रुपमा व्यवस्थापन गर्नका लागि पूजा समितिको निर्माण प्रत्येक वर्ष हुने गरेको छ । 

लाखौँ रकम खर्च गरेर हुने पूजामा नेपाल भारतका हजारौँ भक्तजनहरू सहभागी हुने गरेका छन् । विजया दशमी अवधि भरिमा २४ औँ घण्टा पातार्थी पण्डितद्वारा दुर्गा सप्तसतिको पाठ, पुराणको बाँचन हुने गरेका छन् । त्यसो त मन्दिरमा ३ सय ६५ दिन पूजा हुने गरेका छन् । नियमित रुपमा पूजाका साथै सन्ध्याकालमा हुने आरतीमा प्रायः गाउँका व्यक्तिहरू सहभागी हुने गरेका छन् । 

दशै अन्तर्गत महाअष्टमी आजका दिन रातभरि नै निशा पूँजाको आयोजना गरिन्छ । निशा पूजामा गाउँ तथा अन्य गाउँ, भारतीय क्षेत्रका गाउँहरु ठूलो सङ्ख्यामा प्रसाद चढाउनका लागि भक्तजनहरू आउने गरेका छन् । रातभरि हुने निशा पूँजाको विधि तथा पद्धको अवलोकन एवं श्रवण गर्ने चलन रहेको छ । मत्सरी निवासी हरेक घरवाट निशापूँजामा प्रसाद चढाउने चलन रहेको छ । मत्सरी गाउँको प्राचीन मन्दिर वागमति नदिले पटक पटक कटान गरेपछि अहिले नयाँ भव्य एवं आकर्षक मन्दिरको निर्माण गरिइएको छ । 

मत्सरीको दुर्गा मन्दिरमा भाकल गरेअनुसार चिताएका कुरा पुरा हुने जनविश्वास रहेकाले वर्षेनी रुपमा भक्तजनहरूको सहभागिता बढ्न थालेको छ । पूजा पद्धति अनुसार विजया दशमीको षष्ठी तिथि देखि विजया दशमीसम्म मेला लगाउन नाचको पनि आयोजना गरिने गरेको छ । 

मैथिल बाहुनको बाहुल्यता रहेको मत्सरी गाउँमा अन्य जातिहरूको पनि बसोबास रहेको छ । सबै जातिका बीचमा आपसी सद्भाव पनि रहेको छ । दुर्गा पूजामा सबै जातिको कुनैनकुनै रुपमा पूजामा सहभागिता रहने गरेको पूजा समितिका पूर्व अध्यक्ष विनय कुमार झाले जानकारी दिनु भएको छ । 

सम्बन्धित