तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढवा दिने दिने उद्देश्यले समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । 

भारतको पञ्जाबमा मङ्गलवार आयोजित कार्यक्रममा  मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा डा आरएस बावले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारी पत्र लागू हुनेछ । सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासङ्गिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढवा दिने बताएका छन् । 

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरूको सामना गर्न २१ औँ शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने बताउनुभयो । हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको सहभागिता थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button