तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसबाट थप ७ सय ९२ जना संक्रमित

काठमाडौँ । कोरोना भाइरसबाट आज थप ७ सय ९२ जना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार ६० नमूनाको  पिसिआर परीक्षण गर्दा ६ सय ९१ जना तथा २ हजार ५ सय ५९ नमूनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै आज थप ९ सय १० जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार देशभर गरी १४ हजार ५ सय ५४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय सङ्क्रमितमध्ये १३ हजार ४ सय ५९ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी १ हजार ९५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् । 

अस्पताल भर्ना भएका संक्रमित मध्ये ३ सय ६ जनाको आइसियु र  १ सय २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी आज थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार २ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button