तपाईँ सुन्दै हुनुहुन्छः

कास्की दरबारमा फुलपत्र सहितको डोली भित्राइयो

कास्की । कास्की दरबारमा फूलपाती भित्राइएको छ । 

पोखराको रामघाट देखि ल्याइएका फुल पत्र सहितको डोली दरबारको गुप्तकालीका मन्दिरमा विधिवत् रुपमा प्रवेश गराइएको हो । 

त्यस अवसरमा विजया दशमीको सप्तमीको दिन आज तत्कालीन १७ औ शताब्दीका हातहतियार समेत  प्रदर्शन गरियो ।

नेपालमै लोपोन्मुख कुँवर जातीको सरुन खेल सहित हर्ष बढाइँ गर्दै मन्दिरमा डोली प्रवेश गराइएको थियो । फुल पत्रसहितको डोली भित्राएपछि गुप्तकालीका मन्दिरमा तान्त्रिक एवम् वैदिक पूजाले नव पत्रिका प्रवेश गरिने छ । 

अष्टमीको मध्यरातमा काल रात्रिको पूजा गरिने गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनुभयो । 

नेपालकै शाह वंशको उद्गमस्थल रहेको कास्की कोटमा परापूर्व कालदेखि दसैँमा नगरा धोपहरु बजाउने गरिन्छ । नवमीको दिन देशका विभिन्न स्थानबाट भाकल तथा दर्शन गर्नेको ठुलो भिड लाग्ने गर्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button