२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रगतिशील युवा समाजद्वारा राहत वितरण

सत्यराज सिंह २०७८ असोज २६ गते १७:४१

बझाङ । बझाङ जिल्लामा सञ्चालित गैरसरकारी संस्था प्रगतिशील युवा समाज र युएमएनको साझेदारीमा बझाङका २ स्थानीय तहका ६ वडामा राहत वितरण गरिएको छ ।  

खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर ३, ४ र ६ तथा छविसपाथिभेरा गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा राहत वितरण गरिएको हो । दुई स्थानीय तहका अपाङ्गता भएका व्यक्ति, एकल महिला र विपन्न परिवार गरी ४ सय घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरियो ।  

राहत सामाग्रीमा प्रतिव्यक्ति १ कट्टा चामल, ३ किलो दाल, २ पाकेट, नुन, २ पाकेट तेल, २ किलो चिनी, २ वटा नुहाउने र २ वटा लुगा धुने साबुन गरी प्रतिव्यक्ति करिब २ हजार ७ सय २१ रुपैयाँ बराबरको खाद्यान्न तथा सरसफाइका सामान छन् । साथै संस्थाले २ वटै स्थानीय तहका ६ वटा वडामा रहेकी गर्भवती तथा सुत्केरी महिलाहरूलाई सरसफाइका सामाग्रीहरू वितरण गरेको छ ।  

दसैँ तिहार नजिकिएसँगै आफूहरूले कोरोना महामारीका कारण रोजगारी गर्न नपाउँदा समस्या भएको र दसैँमा थोरै भए पनि संस्थाले गरेको सहयोगले राहत भएको स्थानीयहरूले बताएका छन् । 

संस्थाले गाउँपालिकासँग सहकार्य गरेर विभिन्न खालका कार्यक्रम गर्दै आएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले बताउनुभयो । 

सम्बन्धित