तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा बस दुर्घटना : १८ को मृत्यु, तीन जनाको सनाखत

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ तपने खोलामा आज यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा छायाँनाथ रारा नगरपालिका–१ का १८ वर्षीया  मिञ्जुु मल्ल, सोही नगरपालिका वडा नं. ७ का १७ वर्षीया सुनिता बम र वडा नं. १० का अमर साउँद रहेको र बाँकी मृतकको सनाखत हुन नसकेको रेडियो नेपालका सम्वाददाता विनोद मल्लले जानकारी दिनु भएको छ । 

दुर्घटनामा कयौँ यात्रु घाइते भएका छन् ।  घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल गमगढी पठाइएको छ । नेपालगन्जबाट मुगुको सदरमुकामतर्फ जाँदै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयहरू उद्धारका लागि जुटेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button