तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा बस दुर्घटना हुँदा कयौँ यात्रु हताहत

मुगु । मुगु जिल्लामा बस दुर्घटना हुँदा कयौँ यात्रु हताहत भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं. ७ स्थित तप्नेखोलामा नेपालगन्जबाट मुगुका लागि छुटेको बस दुर्घटना भएको हो। 

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत सहित प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button