तपाईँ सुन्दै हुनुहुन्छः

‘तालिबानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह’

 न्युयोर्क ।  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।   

महासचिव गुटेरेसले  भन्नुभएको छ, “तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा – अफगान नागरिकहरू – महिला, बालबालिका, अल्पसङ्ख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरूसहित – उनीहरू आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्।” त्यो पूरा हुनुपर्छ ।    

“म तालिबानलाई दृढतापूर्वक अपिल गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुन अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्,” गुटेरेसले जोड दिनुभएको छ  । रासस/एएनआई/स्पुतनिक

प्रतिक्रिया राख्नुहोस्

Back to top button