तपाईँ सुन्दै हुनुहुन्छः

उज्यालो पाल्पा बन्छ : मन्त्री राना



पाल्पा ।
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वीर बहादुर रानाले आफ्नो कार्यकालमा उज्यालो पाल्पा बनाउने बताउनुभएको छ । 

पाल्पाको तानसेनमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नवनियुक्त मन्त्री रानाले उक्त धारणा राख्नुभएको हो ।

उहाँले पाल्पाको समस्याको रुपमा रहेको विद्युत्को समस्यालाई हल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

मन्त्री रानाले सिद्ध बाबाको सडक आफ्नो मन्त्रालय अन्तर्गत नपर्ने भएता पनि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर खाल्डाखुल्डी र धुलोरहित बनाउन पहल गर्ने बताउनुभयो । 

उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र दलको विकल्प दलनै भएको बताउनुभयो । 

दलप्रति जनताहरू माँझ वितृष्णा उत्पन्न भएकाले आफूले कामको माध्यमबाट बितष्णा चिर्ने प्रयास गर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button