२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

खुल्ला पुरुष डबल ब्याडमिन्टन: श्रेष्ठ द्वयको जोडी पहिलो

देवराज सुवेदी २०७८ असोज २५ गते २०:०९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी पहिलो भएको छ । 

पाँच पोखरी थाङ्पाल गाउँपालिका ४ को आयोजनामा थाङ्पालककोटमा सम्पन्न प्रतियोगितामा मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडी दोस्रो भएको छ । 

त्यस्तै तेस्रो खाडी चौरका अजय तामाङ लामा र अमृत तेस्रो हुनुभयो । 

प्रतियोगितामा पहिलो हुनेले ३० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार र १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । 

विजेताहरूलाई गाउँपालिका अध्यक्ष टासी लामा र ४ न वडा अध्यक्ष राम बहादुर थोकरले पुरस्कार वितरण गर्नुभयो । 

प्रतियोगितामा १९ टिम सहभागी रहेका थिए । पाँच पोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समिति र ब्याडमिन्टन सङ्घसँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको खेलका आयोजकका बाबुलाल तामाङले बताउनुभयो ।

सम्बन्धित