तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री खतिवडाद्वारा हेटौँडा अस्पतालको निरीक्षण

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले गृह जिल्ला मकवानपुरको हेटौँडा अस्पतालको निरीक्षण गर्नुभएको छ । 

उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो । 

मन्त्री खतिवडाले हेटौँडा अस्पतालको आइसियु कक्ष, कोभिड–१९ वार्डको स्थलगत निरीक्षण गर्नुभयो । त्यस अवसरमा मन्त्री खतिवडाले अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै सङ्कटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोरोना महामारीमा गरेका प्रयासका बारेमा जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button