तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभावित गर्भवती, सुत्केरी एवं बालबालिकालाई पूर्ण पोषणका लागि खाद्यान्न

जनकपुरधाम । कोरोना महामारीका कारणले चाहिने पोषण खान नपाएका धनुषा तथा सर्लाही जिल्लाका मानव सूचकाङ्कमा पछाडि परेका ९ वटा पालिकामा पोषण सुधारका लागि पूर्ण पोषण खाद्यान्न वितरण शुरु भएको छ । 

ती पालिकाका गरिब तथा विपन्न वर्गका साथै निम्न वर्गका गर्भवती, सुत्केरी महिला र बालबालिकाहरूलाई कोरोना महामारीका कारणले चाहिने पोषण प्राप्त हुन नसकेपछि लाइफ नेपालले आपतकालिन पोषण स्वरूप खाद्यान्न वितरण गर्ने अभियानको शुरुवात गरेको छ । 

यु के एड तथा डब्लु एफ पीको आर्थिक सहयोगमा धनुषाको ३ र सर्लाहीका ६ गरेर कूल ९ वटा पालिकामा ती खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भएको छ । गर्भवती, सुत्केरी तथा ३ देखि २३ महिनासम्मका बालबालिकाहरूको पोषणको अवस्थामा सुधार गर्नका लागि खाद्यान्न सामाग्रीहरू वितरण गरिन थालेको छ । यसले पोषणमा सुधार हुने विश्वास डब्लु एफ ओको रहेको छ ।  

यस अभियानको शुभारम्भ धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको वडा नंं २ बलहागोठवाट आज देखि शुरुवात भएको छ । ती दुई जिल्लाका २७ हजार ३ सय २८ गर्भवती, सुत्केरी महिला तथा बालबालिकाहरूलाई पूर्ण पोषण खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको डब्लु एफ ओका पार्वती के सीले जानकारी दिनुभयो ।  धनुषा जिल्लाको जनकनन्दनी, वटेश्वर गाउँपालिका र कमला नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको छ । 

खास गरेर कोरोना महामारीका कारणले आर्थिक अवस्था कमजोर भएर र पोषण खाद्यान्न पर्याप्त मात्रामा खान नसकेपछि पोषणको अवस्था बिग्रेका बेलामा गरिएको खाद्यान्न वितरण कार्यक्रमले ती वर्गको पोषण अवस्थामा सुधार गर्ने विश्वास गरिएको छ । यसै गरी सर्लाही जिल्लाको बलरा, चक्रघटा, कौडेना, गोडैता, हरिपुर, कविलासी पालिकामा वितरण गर्ने कार्यक्रम रहेको छ । क्रमशः सबै तीर वितरण गर्ने कार्यक्रम रहेको लाइफ नेपालका अध्यक्ष ठाकुरले बताउनु भयो । 

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाबाट खाद्यान्न सामाग्रीको वितरण गर्ने कार्य शुरु भएको छ । वडाध्यक्ष भोगेन्द्र पाठकको रोहवरमा ती वडामा वितरण गर्ने काम भएको छ । खाद्यान्न वितरण कार्यक्रममा लाइफ नेपालका जीवन पुडासैनी, हेली राई, श्रीप्रसाद मण्डल, प्रकाश शर्मा तथा डब्लु एफ पीका पार्वती केसी पनि सहभागी हुनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button