तपाईँ सुन्दै हुनुहुन्छः

बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगन्ज ।  बाँकेको खजुरामा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

खजुराको इलाका प्रहरी कार्यालय धनौलीदेखि ३ किलोमिटर पश्चिम गुनाना चोकमा आज बिहान साढे १० बजेतिर भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा ट्याक्टर धनी रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम भने खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button