तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरि प्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको हो । 

विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरूको खोजतलास गर्ने क्रममा ७ थान विभिन्न कम्पनीका मोटरसाइकलहरू र २ थान स्कुटर समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. १२ बस्ने बर्ष ३४ को बिष्णु बहादुर नेपाली सोही उपमहानगरपालिका वडा नं. ११ बस्ने बर्ष २८ को प्रकाश सिन्धौली (सार्की), भिरकोट नगरपालिका वडा नं. २ का २० को बिप्लव श्रेष्ठ र भीरकोट २ का २० वर्षीय ज्ञानबहादुर गुरुङ रहेका छन् । पक्राउ परेका व्यक्तिहरूलाई चोरी मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button